प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौं, असोज २२ । प्रतिनिधिसभाकाे बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत बिधयेक २०८० माथि बिचार गरियाेस् भन्ने प्रस्ताव माथिकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन्।
विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल हिजै सकिएको छ। छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी सुधार गर्न आवश्यक भएको बताए।
मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा ऊर्जा क्षेत्रलाई लिइएपनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहकि प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए । उनीहरुले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जमा गर्ननपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।
बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरुले बिजुलीको विषयमा राम्रै बहस भएपनि पानीको उपयोगका बारेमा विधेयकले मौन रहेको टिप्पणी गरे । जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा प्रष्ट पार्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।
साथै, सभामुख देवराज घिमिरेले विद्युत बिधयेक २०८० माथि बिचार गरियाेस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्