शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्नेमा सरकार प्रष्ट छ : शिक्षामन्त्री राई
काठमाडौं , असोज २१ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाई थियो । आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक(२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो ।
मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्