रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी बारे दुई दिने सम्मेलन सुरु
काठमाडौं, १९ असोज । रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा नेपालमा सुरु भएको छ । ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा सो सम्मेलन शुक्रबारदेखि सुरु भएको हो ।
रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी अप्रेसन र एन्टिबायोटिक औषधिको विकल्प समेत हुने सम्मेलनमा सहभागि विज्ञहरुले बताएका छन् । नेपालमा पहिलोपटक भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ ।
पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा भएको र यसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिनसमेत दावी गरे । उनले चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने कुरालाई महसुस गरि रिजेनेरेटिभ मेडिसिन विधिको आजको गुग सुहाउँदो रहेको पूर्वसचिव मिश्रको बझाई छ ।
यो उपचार विधिले मरिसकेका कोषहरुलाई रिजेनेरेट गराई उक्त कोषहरुलाई वास्तविक रुप दिन सहयोगका साथै आत्मरक्षाको काम गर्ने भएकोले यो एकदमै प्रभावकारी उपचार विधि भएको डा. मिश्रको दाबी छ । उपचार विधिले पार्किङसज, अल्जामर्स तथा डायबिटिज जस्ता रोगको उपचार अति उपयोगी हुने उनले बताए ।
शरीरमा मरिसकेको कोषलाई पुर्नरुत्थान तथा पुर्नत्पादन गराइदिने यस विधालाई नेपालको चिकित्सा शास्त्रमा पनि परिचित गराउनका लागि यो सम्मेलन महत्वपूर्ण रहेको उनको दावी छ ।
यस विधिको प्रयोगले नेपालमा पनि विभिन्न रोगहरुको निदान गर्ने मुख्य लक्ष्यकासाथ यो सम्मेलन पहिलोपटक नेपालमा गरिएको होे उनले भने, ुनेपालको चिकित्सा क्षेत्रमा यो विधि नयाँ भएकोले यसबारे महत्वपूर्ण धारणा राख्नका लागि विभिन्न देशबाट चिकित्सकहरु नेपाल आएका छन् ।
अमेरिकाले चिकित्सा क्षेत्रको अध्ययनका लागि यस विधामा फेलोसिप कार्यक्रमको समेत सुरुवात गरिसकेको डा मिश्र बताउँछन् ।
एन्टिबायोटिकको प्रयोग एकदमै बढेको अवस्थामा रिजेनेरेटिभ मेडिसिनलाई विकल्पको रुपमा लिन सकिने डा. अजय शाहको भनाई छ । अमेरिका, थाइल्यान्ड, चीन, भारतलगायतका विभिन्न मुलुकहरुमा यस विधिद्वारा उपचार भइरहेको अवस्थामा नेपालको चिकित्सा शास्त्रमा भने यो नयाँ उपचार विधि हो।
यस उपचार विधिबारेको कानुन निर्माणका लागि सरकारसँग विगत पाँच वर्षदेखि लबिङ भइरहेको तर कानुन बनिनसकेको डा शाहले जानकारी दिए र । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा समेत यस उपचार विधिबारेको कार्यक्रम गइसकेको र अनुमति लिइसकेपछि यस विधिद्वारा उपचार थालनी गरिने डा. शाह बताए
यस सम्मेलनमा वक्ताको रुपमा अमेरिका, श्रीलङका, पाकिस्तान, भारत लगायतका मुलुकहरुबाट चिकित्सक तथा विज्ञहरु सहभागि छन् । हाल यस विधाका विज्ञहरु नेपालमा स्पष्ट रुपमा नभएकोको अवस्थामा अन्य विधाका चिकित्सकहरुलाई यसबारेको तालिम प्रदान गरिने डा शाहले बताए । यस उपचार विधि नेपालको गरिब नागरिकहरुको सन्दर्भमा अलि महंगो भएता पनि यसले आगामी दिनहरुमा यसले सबै नागरिकलाई उपचार सहजता हुने उहाँको दावी छ ।
प्रतिक्रिया दिनुहोस्