प्रधानमन्त्रीद्वारा बझाङमा भूकम्प प्रभावित क्षेत्रको अवलोकन
काठमाडौं, असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् ।
नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्