प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, १८ असोज । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज  (बिहीबार) बस्दै छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले विद्यतु विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, पेश गर्ने कार्यसूची छ। आजैको बैठकमा पूर्वप्रतिनिधि सभा सदस्य खेमराज भट्ट मायालुको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्