भारतीले शुरु गरिन् अनसन, ‘रिगल’ लाई जेलमै पठाउनु पर्ने माग

काठमाडौं , असोज १७ । सरकारले आफ्ना श्रीमानका हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा बाँकेकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनसन सुरु गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल ‘रिगल’ लाई बाँकी सजाय मिनाह गरेका थिए ।

त्यसको विरोधमा रिगलले हत्या गरेका चेतनकी श्रीमती भारतीले अनसन सुरु गरेकी हुन् । चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेको प्रकरणमा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् ।

राष्ट्रपतिबाट सजाय मिनाह भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए । उनलाई माफी दिने सरकारको सिफरिसको चौतर्फी विरोध भइरहेको छ । हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको उनले जानकारी दिइन् ।

रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर भएको छ । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्