ट्रकको ठक्करबाट धादिङमा २ जना विद्यार्थीको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखुमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएको छ ।

बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको हो ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाटो क्रस गर्ने क्रममा उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । मृतक दुवै विद्यार्थी बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् भने ट्रक चालक अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ

प्रतिक्रिया दिनुहोस्