बैंकको व्यस्त मलमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौं, असोज १६ । थाइल्यान्डको राजधानी बैंककमा तीन जनाको गोली हानी हत्या गरिएको छ। बैंकको केन्द्रमा रहेको व्यस्त सपिङ मलमा गोली हानेर तीन जनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनामा अन्य चार जना घाइते भएका छन्। घटनामा एक जना १४ वर्षीया किशोर पक्राउ परेका छन्। बन्दुक चलाइरहेका बेला उनलाई पक्राउ गरिएको स्थानीय मिडियाहरूले उल्लेख गरेको बीबीसीले जनाएको छ। घटनाको कारणबारे केही खुलेको छैन।
गोली चलेपछि किनमेल गर्न मल गएकाहरू भागाभाग भएको भिडियोहरू सामाजिक सञ्जालमा आउन थालेका छन्। घटनापछि आसपासका मेट्रो स्टेशनहरू पनि बन्द गरिएका छन्।
प्रतिक्रिया दिनुहोस्