बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २स् ४० बजे बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ५.३ रेक्टर स्केलको रहेको छ ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस गरिएको थियो ।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङको दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्