ओलीले गृहमन्त्रीलाई भने : हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ

काठमाडौं, असोज १६ ।  प्रमुख प्रतिपक्षी दल नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उनले भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई भनेका छन्।

श्रेष्ठले हेटौंडामा पुगेर आइतबार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएर लागेको बताएका थिए।

यसलाई लिएर उनले कडा टिप्पणी गर्दै गृहमन्त्री नै भ्रष्टहरुको संरक्षणमा लागेको बताए। सुन तस्करीबारेको आयोग बनाऊँ भन्दा गृहमन्त्री नै विरोधमा उत्रिएको आरोप ओलीले लगाए।

 

प्रतिक्रिया दिनुहोस्