भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जान्छन्- शंकर पोखरेल

काठमाडौं , असोज १५ । एमाले महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका छन् ।

एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटनस सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका हुन् ।

सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनल जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्