‘रिगल’ को आममाफी : रास्वपाको टोली पुग्यो राष्ट्रपतिलाई भेट्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित नेताहरू आज (सोमबार) बिहान राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । दिनदहाडै मानिसको हत्या गरेको कसुरमा जन्मकैद सजाय काटिरहेका योगराज (रिगल) ढकाललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका नेताहरु आज राष्ट्रपति कार्यालय पुगेका हुन् ।

संविधान दिवसका दिन राष्ट्रपतिले आममाफी दिने प्रावधान अनुसार रिगललाई दिइएको आममाफीप्रति ध्यानाकर्षण गराउन सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायत नेताहरू राष्ट्रपति कार्यालय पुगेको रास्वपाकी सचेतक निशा डाँगीले बताइन् ।

संविधान दिवसको अवसर पारेर व्यक्ति हत्या जस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले संकल्प प्रस्ताव समेत दर्ता गर्ने भएको छ । चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगञ्जका ’रिगल’ भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो । ढकाल तरूण दलका नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्