प्रचण्डले बोलाए पदाधिकारी बैठक, के छ एजेण्डा ?
काठमाडौँ , असोज १५ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।
चीन भ्रमणको ब्रिफिङ, विशेष रूपान्तरण अभियान, विद्यालय शिक्षा विधेयक लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पदाधिकारीका एक सदस्यले जानकारी दिए ।
बैठक मंगलबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । ती नेताका अनुसार बैठकमा सबै प्रदेश इन्चार्जले एक महिनाको समीक्षा रिपोर्ट प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
‘बैठकको एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमण, पार्टी रूपान्तरण अभियानको समीक्षा, विद्यालय शिक्षा विधेयक लगायत विषय रहेका छन्’, ती पदाधिकारीले भने, ‘यीबाहेक नेसपासँग पार्टी एकता र समसामयिक राजनीति विषयमा पनि छलफल हुन सक्छ ।’
भदौ ३० गते डा। बाबुराम भट्टराईलाई बाइपास गरेर नेसपाका दोस्रा अध्यक्ष महिन्द्रराय यादवलाई पार्टी एकतासम्बन्धी पत्र पठाएपछि भट्टराई असन्तुष्ट रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्