एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कठमाडौं १५, असोज । एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

एभरेष्ट बैंक बैंकले भने असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै एनआईसी एशिया बैंकले असोज २८ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजको लागि १.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्