दोलखाबाट थप ४ किलो सुन बरामद

काठमाडौं, असोज १४ । प्रहरीले दोलखाको लामाबजारबाट थप चार किलो सुन बरामद गरेको छ। दोलखाको बिगु गाउँपालिका-१ लामाबगरबाट चार केजी सुन बरामद भएको दोलखा प्रहरीले जनाएको छ।

यसअघि अघिल्लो साता सोही स्थानबाट ७ किलो सुन बरामद भएको थियो। सो सुन एउटै तस्करीको भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

आज बरामद भएको सुन पनि सोही तस्करीको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्