एमाले बागमती स् मतदान सुरु, प्यानलै बनाएर प्रतिष्पर्धामा दाहाल र ढुङ्गेल

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको मतदान साढे १ बजेबाट मात्रै सुरु भएको हो ।

सुरुमा अध्यक्षका उम्मेदवारद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले मतदान गरेका छन् । एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनको लागि प्यानलै बनाएर उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुङ्गेल चुनावी मैदानमा उत्रिएका हुन् । बागमती प्रदेश कमिटीका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित २४० सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।अध्यक्षको दौडमा रहेका ढुङ्गेलले उपाध्यक्षमा दावा दोर्जे लामालाई प्यानलमा राखेका छन् ।

यस्तै सचिवमा हस्त पण्डित ढुङ्गेलको प्यानलका हुन् । ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य महेश बस्नेतले समर्थन गरेको बताइन्छ । तर, विराटनगर पुगेर अध्यक्ष ओलीले आफू कसैको पक्षमा नरहेको दाबी गरेका छन् ।

त्यस्तै, अर्का उम्मेदवार कृष्ण दाहालको पक्षमा उपाध्यक्ष विष्णु पौडेल र पोलिट्ब्युरो सदस्य गोकुल बाँस्कोटाको समर्थन छ । प्रदेश कमिटीको उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाको उम्मेदवारी छ ।

सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डित उम्मेदवार छन् । दुई उपसचिवका लागि टासी लामा, खड्गबहादुर पुलामी, ओमराज पन्त, कृष्णहरि थापा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल चुनावी मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्