पाकिस्तानमा मस्जिदनजिकै विस्फोट, २५ जनाको मृत्यु

काठमाडौं , असोज १२ । पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तुङ बजार सहरमा विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।

मस्तुङका एसएसपी शोएब मसुदले विस्फोटमा २५ जनाको मृत्यु भएको र ५० जना घाइते भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। अहिले प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

जुलुसलाई लक्षित गरी विष्फोट आत्मघाती आक्रमण हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ।तर अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

मस्तुङका सहायक आयुक्त अत्ता अल–मुनैमका अनुसार मदिना मस्जिदनजिकै विस्फोट भएको थियो, जहाँ मानिसहरू मिलाद मनाउन भेला भइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्