बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
काठमाडौं १०, असोज । राहत शिक्षकको आन्दोलनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।
निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।
शिक्षक महासंघले यस अघि सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने आफ्ना माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।
उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आईरहेका छन् । बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य सडक लेनमा प्रदर्शन गरेका कारण सो सडकमा यातायात अवरुध भएर चल्ने गाडीहरु चल्न सकेका छैनन् । जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली आसपासका क्षेत्रमा जाम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्