दशैंको मुखमा भाडा बढाउन यातायात व्यवसायीले खोंचे थाप्दै
काठमाडौं८ असोज । नेपालीहरुको महानपर्व दशैं, तिहार तथा छठपर्व नजिकिंदै गर्दा बजारदेखि यातायातको पनि चहलपहल बढ्न थालेको छ । दशैं आउन करिब २० दिन मात्रै बाँकी छ ।
चाडपर्वलाई लक्षित गरेर यातायात व्यवसायीहरुले देशैंको अग्कि टिक बुकिङ्ग खुला गर्दै आएको छ । यस्तै अवसर पारेर यातायात व्यवसायीले खोचे पाप्ने गरेको छ । थनाप्पटक पनि यस्तै खोचे थापेको छ। यातायात व्यवसायीहरुले दशैंको मुखमा गाडी भाडा बढाउने बिषयलाई सरकारसँग बार्गेनिङको बिषय बनाउने गरेका छन । यसपटक पनि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले गाडी भाडा समायोजन नगरे अग्रिम बुकिङ नखुलाउने भन्दै सरकारलाई दबाव दिदै आएको छ ।
राजधानीबाट देशका ७७ वटै जिल्लामा करिब २० लाख यात्रु गाउँ फर्किने गरेका छन् । दशैंका लागि यातायात व्यवसायीले हजारौं पुराना तथा नयाँ गाडी प्रयोग गर्ने गरेका छन् । सरकारले पनि दशैंमा गाउँ फर्किने यात्रुलाई सहज बातावरण बनाउन व्यवसायीहरुसँग छलफल थालिसकेको छ । सार्वजनिक यातायातका समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुक्रबारदेखि दशैं लक्षित तयारी थालेको व्यवसायीहरुले बताएका छन् ।
समान्यतया दशैंमा घर फर्किने यात्रुको लागि घटस्थापना भन्दा १५ दिन अघिदेखि नै अग्रिम टिकट बुकिङ खुलाइन्छ । तर,अग्रिम टिकट खुलाए पनि यात्रु पटक पटक ठगिने गरेका छन । शुक्रबार भौतिक पूर्वाधार मन्त्रीले बोलाएको बैठकमा यातायात व्यवसायी अग्रिम टिकट बुकिङ भन्दा पनि गाडी भाडा समायोजनमा बढी केन्द्रित भएका थिए ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले तीन बर्षदेखि रोकिएको गाडी भाडा समायोजन हुने पर्ने बताए ।
‘दशैंमा अग्रिम टिकट बुकिङ खोल्ने बिषय भन्दा पनि पहिला व्यवसायीका माग सरकारले सम्बोधन गर्नुपर्छ’ सिटौलाले मेरोलगानीलाई भने ‘दशैंतिहारमा यात्रुलाई सकुशल घर पुर्याउने काम यातायात व्यवसायीले गर्छन तर, सरकारले तीन बर्षदेखि रोकेर राखेको भाडा समायोजन गर्नुपर्छ’ ।
सबैभन्दा पहिला सरकारले देशभरका सडकलाई दशैं लक्षित गर्दै मर्मतसम्भार गरेर व्यवसायीलाई बिश्वास दिलाउनुपर्ने उनको भनाई छ । उनका अनुसार यातायात विभागले रुट पर्मिट,भाडा समायोजनको बिषयमा छलफल गर्न बैठक बोलाएको छ ।
सडकको बातावरण नबन्दासम्म अग्रिम टिकट खुलाउनुको कुनै औचित्य नभएको उनको भनाई छ । यातायात विभागका महानिर्देशक उद्धव रिजालले असोज २० गते भित्र अग्रिम टिकट बुकिङ खुलाउने जानकारी दिए ।
‘हामी यातायात व्यवसायीसँग छलफल गरिरहेकाछौं’ रिजालले भने ‘रुट पर्मिट,टिकट बुकिङ लगाएतको बिषय आज अथवा भोलिसम्म टुङ्गिन्छ’ । दशैंका लागि घर जान गोङ्गबु नयाँ बसपार्क,अरनिको पुर्व यातायात क्षेत्रमा अत्याधिक भीडभाड हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्