राहत शिक्षकले सडकमा सुतेर आन्दोलन गरे

काठमाडौं, ८ भदौ। राहत शिक्षकले सडकमा सुतेर आन्दोलन गरेको छन् । काठमाडौंको बबरमहल(( नयाँबनेश्वर सडकमा सुतेर आन्दोनल गरेका हुन् । शिक्षक महासंघकोले राहत शिक्षकलाई धोका दिएको भन्दै राहत शिक्षक आन्दोलनमा रहेका छन् । उनीहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका छन् ।

बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै विरोध जनाएका थिए । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग संवोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने ेचतावनी दिएका छन् । उनहरुले आफूहरुको जायज मागलाई सरकारले वेवास्ता नगर्न सरकरालाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्