सुनको र चाँदीको मूल्यमा सामान्य बढोत्तरी, तोलाको कति पुग्यो ?

काठमाडौं ७, असोज । आइवार साताको पहिलो दिन सुनको मूल्य १०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि ५ रुपैयाँले महँगिएको छ । आज सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । भने, बिहीबार प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ थियो । बुधवार १ लाख १२ हजार ८०० रुपैयाँ रहँदा मंगलबार १ लाख १३ हजार थियो ।

त्यसैगरि, गत शुक्रबार १४२५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज प्रतितोला १४३० पुगेको छ । बुधबार प्रतितोला १४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १४१० रुपैयाँ पुगेको थियो ।

‍त्यसैगरि, अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस १९२४.१६ डलरमा कारोबार भएको सुनको मूल्य आज १९२५.४२ डलर पुगेको छ । शुक्रबार प्रतिऔंस २३.५६ डलर रहेको चाँदीको मूल्य आज २३.५५ डलरमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्