चीनमा आइफोन १५ किन्‍न आउटलेटमा भिड, हुवावेको दबदबाबीच एप्पलप्रति बढ्दो आकर्षण

काठमाडौं ७, असोज । चीनमा आइफोन १५ किन्‍न आउटलेटमा भिड, हुवावेको दबदबाबीच पनि एप्पलप्रति आम मानिसको आकर्षण बढ्दो ।
चीनमा आइफोन १५ किन्न मानिसहको भिड लागेको छ । चीनबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार गत शुक्रबारबाट चीनमा आइफोन १५ को बिक्री सुरु भएको हो ।

चीनले सरकारी कर्मचारीलाई काम गर्दा आइफोनको प्रयोगमा रोक लगाएको अवस्थामा पनि चिनियाँमा एप्पल प्रतिको क्रेजमा कुनै कमि नआएको देखिएको समाचारमा उल्लेख छ । हुवावेको दबदबाबीच एप्पलप्रति पनि मानिस आकर्षण बढ्दो छ ।

एप्पलको चीनभर ४५ वटा आउटलेट छन् । अधिकांश आउटलेटमा मानिसको भिड रहेको बताइएको छ । साथै अनलाइनबाट पनि आइफोन १५ को अर्डर बढ्दो रहेको छ । व्यवसायीका अनुसार आइफोन १५ बिक्री शुरु भएको दुईघण्टामा गत वर्षको आइफोज १४ को भन्दा २५३ प्रतिशत बढी माग आएको थियो ।

चीनमा आइफोन १५ प्रो को ७ हजार ९९९ युआन (१ लाख ४४ हजार बढी) र प्रो म्याक्सको १३ हजार ९९९ युआन (२ लाख २५ हजार बढी) रहेको छ । हुवावेको पनि दमदार सेटहरु बजारमा आउँदा पनि मानिसहरु एप्पलको प्रिमियम सेट रुचाइरहेको खबरहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्