सुनको कोटा थप, अब दैनिक २० केजी सुन आयात हुने

काठमाडौं, ५ असमेज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा २० केजी पुर्याएको छ । केन्द्रिय बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको हो । राष्ट्र बैंकका एक अधिकारीले अनुसार ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंकका ती अधिकारीले भने ।

तथापि, राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात हुँदै आएकोमा २०७८ फागुन २२ गते नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो । बअ फेरी कोटा बढाएर पूनः २० केजी नै बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्