शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्।

शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने र संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्ने बताएका हुन्।

उनले सरकारलाई शिक्षकहरूको आवाज सुन्न पनि आग्रह गरेका छन्।शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्नेरगराउने कर्तव्य राज्यको भएको उनले बताए।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्