संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह (तस्बिरहरू)

काठमाडौं, असोज ३ । संविधान दिवस, २०८० का अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

टुँडिखेलमा आयोजना गरिएको संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।

गृह मन्त्रालय मूल आयोजक रहेको सो समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्च पास ब्यान्ड प्रदर्शनी गरेका थिए भने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुरले विभिन्न संस्कृत झाँकीहरू प्रदर्शनी गरेका थिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।

s35-1695186174.jpg

s34-1695186173.jpg

s32-1695186171.jpg

 

     

 

sambidhan 2

प्रतिक्रिया दिनुहोस्