गैरीगाउँ हत्या प्रकरणका आरोपित पक्राउ, चारै जनाको हत्या एउटै व्यक्तिबाट भएको निष्कर्ष
काठमाडौं, भदौ ३१ । काठमाडौंको गैरीगाउँमा शुक्रबार राति गरिएको चार जनाको विभत्स हत्या एएटै व्यक्तिले गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा आइतबार विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो । पक्राउ गरेकासँग थप सोधपुछको भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।
तर, उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।
उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको छ । घटनाबारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो । तर उनको संलग्नता अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए ।















प्रतिक्रिया दिनुहोस्