उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं, भदौ २९ । न्याय परिषदले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

आज बसेको परिषद बैठकले नियुक्ति सिफारिस गरेको प्रवक्ता मानबहादुर कार्कीले बताए।

१८ जना जिल्ला न्यायाधीशबाट, न्याय सेवा, सरकारी वकिल र कानुन सेवाबाट तीन जना र कानुन व्यवसायीबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको हो।

सिफारिस भएकालाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्। आज बसेको परिषद बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको सरूवा पनि गरेको छ।

Screenshot-2023-09-15-163106-1694774819.jpg

Screenshot-2023-09-15-163128-1694774819.jpg

प्रतिक्रिया दिनुहोस्