तमोर–मेवा जलविद्युत् आयोजनाको पिपिएबारे सार्वजनिक सुनुवाइ भदौ २९ मा

काठमाडौं, २७ भदौ । विद्युत् नियमन आयोगले सार्वजनिक सुनुवाइ गर्न १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद–बिक्री दर निर्धारण तथा विद्युत् खरिद सम्झौता (पिपिए) का लागि सहमति जुटाउन सार्वजनिक सुनुवाइ गर्न लागेको छ ।

हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको आयोजनाको पिपिए दर निर्धारण गर्न नेपाल विद्युत् प्राधिकरणले दिएको निवेदनको आाधारमा विद्युत् नियमन आयोगले भदौ २९ गते शुक्रबार सार्वजनिक सुनुवाइ गर्न लागेको हो ।

भदौ २९ गते शुक्रबार आयोगको कार्यालय सानो गौचरणमा आयोजना हुने उक्त सुनुवाइ कार्यक्रमका लागि उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, स्थानीय तहका प्रतिनिधि, सञ्चार माध्यम तथा सरोकारवालालाई उपस्थित हुन आयोगले आह्वान गरेको छ । त्यस्तै, आयोगले लिखित रुपमा राय, सुझाव तथा प्रतिक्रियासमेत पठाउन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्