नेम्वाङलाई राष्ट्रिय सम्मानका साथ अत्तेष्टि गर्ने तयारी
भदौ, काठमाडौं । सरकारले संविधानसभा अध्यक्ष, एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानका साथ अत्तेष्टि गर्ने र सम्मान दिने तयारी गरेको छ ।
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति निधन भएको थियो । उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।
एमालेले उनको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा ल्याउने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेका छन् । उनी केहीबेर अघि अस्पताल पुगेका थिए ।
स्रोतका अनुसार केहीबेरमा मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ । सरकारले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने भएको छ।
यस विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।
२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरवस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।
नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। नेकपा ९एमाले० का उपाध्यक्ष एंव प्रतिनिधि सभाका सदस्य रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो।
अन्तिम सम्मानसम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्