प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली ५ सदस्यीय बनाउने तयारी

काठमाडौं, भदौ २५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन्।

उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन्।

भ्रमणमा अब प्रधानमन्त्रीसँग एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन दाहाल २९ भदौमा अमेरिका जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्