सरकार गठनसम्बन्धी उल्लेखित संविधानको व्यवस्थामै त्रुटि छ : उपेन्द्र यादव

काठमाडौं, भदौ २५ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसम्बन्धी संविधानमा उल्लेखित विषय नै त्रुटिपूर्ण रहेको कारण कोशी प्रदेशमा समस्या सिर्जना भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनसम्बन्धी ५ स्पेटसम्मको व्यवस्था राख्नु नै त्रुटि भएको दाबी गरेका हुन् ।

यादवले कांग्रेसको सल्लाह, सहमति र सहकार्यमै समाजवादी मोर्चा बनेको बताए । ‘मोर्चाले काँग्रेससँग सहकार्य गर्दै अगाडि बढ्छ । भ्रमबस कोही साथीहरु तर्सिनु भएको छ भने त्यहाँबाट मुक्त हुनुपर्छ । मोर्चा र काँग्रेस सहकार्यका साथ अगाडि बढ्छौं,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्