जन्तिको गाडी दुर्घटना, २१ को मृत्यु

काठमाडौ । भारतमा विवाहको लागि जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना समेत घाइते भएका छन् ।

उक्त मिनी ट्रक मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरीले बुधबार जानकारी दिएका छन् ।

सो मिनीट्रक राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति खसेको हो ।

दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्, एक अधिकारीले भने ।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, भने घाइतेमध्ये तीनजनाको अवस्था भने एकदम गम्भीर रहेको अस्पतालले जनाएको छ ।

यता सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गर्नुभयो ।

दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्