तीन सचिवको सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय!
काठमाडौं, भदौ २२ । सरकारले तीन सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कानून तथा न्याय सेवाका तीन जना सचिवको सरुवा गरेको हो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।
बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीको नेपाल कानुन आयोगको सचिवमा र न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फणिन्द्र गौतमलाई न्याय सेवाको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले पञ्चेश्वर विकास प्राधिकरणमा नेपलाको तर्फबाट २०८१ जेठ आठ गतेसम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटवाल, कार्यकारी निर्देशक (प्रशासन तथा वित्त)मा सहसचिव दीपक लामिछाने, कार्यकारी निर्देशक (वातावरण)मा सहसचिव रामगोपाल खर्बुजा र कार्यकारी निर्देशक (कानून)मा इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय:
















प्रतिक्रिया दिनुहोस्