मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, के–के भए निर्णय ?
काठमाडौं । सरकारले संघीय निजामती ऐन संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिइन् ।
यस्तै, बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्न, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
शर्माका अनुसार स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
२०८० भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
– तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने ।
– संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने ।
– निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने ।
– स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने ।
– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने ।















प्रतिक्रिया दिनुहोस्