कान्तिमा बालिकाको मृत्यु र यादवमाथिको आक्रमणको विषय जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले पूर्वसांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सो विषय उठाएपछि उनले ‘रुलिङ’ गरेका हुन् । ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एकजना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा गम्भीर कुराहरू उठेका छन् । यी विषयमा जानकारी गराउन म सरकारलाई निर्देश गर्छु,” घिमिरेले निर्देशन दिँदै भने ।

बुधबार रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूकक्षमा उनको उपचार जारी छ ।

साथै सभामुख घिमिरेले कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको विषयमा जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएकी मकवानपुरको थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको उपचारका लागि पालो कुर्दाकुर्दै सोमबार साँझ मृत्यु भएको थियो । यो विषयमा सांसदहरुले आकस्मिक समय, सुन्य समय र विशेष समयमा सरकारसँग जवाफ मागेपछि सभामुखले रुलिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्