वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रियसभा गृहमा, मेयर बालेनले ओढाए झण्डा
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरको झण्डा ओढाएका छन् ।
आज (बिहीबार) बिहान उपचारका क्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै मेयर बालेनले महानगरको झण्डा ओढाएका हुन् ।
रिजालको शव श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिएको छ । १२ बजेसम्म श्रद्धाञ्जलिका लागि राष्ट्रियसभा गृहमा राखिने र त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिनेछ ।
वडाध्यक्ष रिजालको निमोनियाका कारण निधन भएको हो । १७ भदौमा उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका रिजालको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको थियो ।
उनको बिहीबार बिहान ७ बजेर ३० मिनेट जाँदा निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्