कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार
काठमाडौं, भदौ २० । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ। रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको काठमाडौं परिसरका एसपी कुमोद ढुंगेलले जानकारी दिए।
यादवलाई उपचारार्थ राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। घाइते यादवको अवस्था खतरामुक्त छ।
खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्