प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच दिउँसो पौने २ बजेदेखि एक घण्टासम्म वार्ता भएको हो।
प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली पौने २ बजे प्रधानमन्त्रीको कार्यालय पुगेर एक घण्टापछि बाहिरिएका थिए।
दुई नेताबीचको भेटका क्रममा भएको कुराकानीबारे केही खुलेको छैन। तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र प्रधामन्त्रीको आसन्न अमेरिका र चीन भ्रमणबारे कुरा भएको हुन सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्