संविधानअनुसार बन्न बाँकी कानूनहरु बनाई संसदमा पेस गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको हो । उहाँले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरुलाई कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न कानून निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले कानूनी रिक्तता पुरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताउनुभयो ।
राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्