तीनतहकाे सरकारबिच समन्वय नहुँदा विकास निर्माणमा निकै बाधा : भुपेन्द्र कुमार लावती, नगर प्रमुख

काठमाडौं ( मोरङ, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले समृद्धिको लागि संघ, प्रदेश र स्थानीय सरकारबीच तालमेल र समन्वय हुन जरुरी रहेको  औंल्याएका छन् ।

रेडियो आहाको स्थानिय सरोकार कार्यक्रमका लागि पत्रकार रञ्जित धमलासँग कुरा गर्दै  प्रमुख  लावतीले सुशासन र पारदर्शीतालाई केन्द्रमा राखेर काम गरेको बताउँदै उनले समृद्धिको लागि संघ, प्रदेश र स्थानीय सरकारबीच तालमेल र समन्वय हुन जरुरी रहेको बताएका हुन् ।

संघ, प्रदेश र स्थानीय सरकारबीच तालमेल र समन्वय नहुँदा विकासका काममा बाधा र अड्चन भइरहेको उनले बताए । नगरको विकास केवल नगरले मात्रै होइन , केन्द र प्रदेशको पनि हो उनले भने, संघ र केन्द्र एकलौटी ढंगले जाँदा स्थानीयमा प्रभाव परेको  छ । यसले जनता र विकासको कुरामा प्रभाव परेको र चुनौतिको विषय पनि  छ ।ु

संविधान ऐन कानुनहरुलाई परिभाषित मिलाउने कुराहरुमा धेरै काम बाँकी रहेको बताउँदै उनले समन्वय नभएको उल्लेख गरे । विकास ढिलो हुनुको कारण नै यहि भएको उनको दावी छ ।

उनले, ‘भने आफुले गर्ने जति सबै तहबाट गरिरहेका छौं । निमार्ण व्यवसायीहरु चुनेर सांसद र मेयर भएका छन् । उनीहरुको हावि नीति निमार्णमा देखिन्छ , तर छलफल भएको हुदैन ,  खालि सत्ता गिराउने र सत्तामा जाने मात्रै भयो , यो दुर्भाग्य हो ।’

डेढ वर्षलाई फर्केर हेर्दा पहिलो आर्थिक वर्ष केहि अलमलमै बित्यो र नयाँ प्रतिनिधि निर्वाचित भएर आइसकेपछि कर्मचारी फाटमा पनि दुविधा उत्पन्न हुने रहेछ । पहिलो वर्ष धेरैकामहरु अगाडि बढाउन सकिएन, तर पनि नगरपालिका कसरी चलेको छ भनि अध्ययन गर्ने मौका मिल्यो उनले, भने ।’

थुपै कानुन ऐन बन्न बाँकी रहेको पाइएकाले कननून बनाउने काम सम्पन्न गरिएको उनले बताए ।सुरक्षालाई प्रत्याभुति गरेर ठुलो दुर्घटना र घटनाहरु हुन नदिएको तथा क्रसरको विकराल अवस्थाललाई नियन्त्रण मापदण्डमा ल्याउनका लागि अधिकतम कोशिस जारीरहेको उनले बताए । शुसानमा जोेड दिएर पहिलो वर्ष सकियो र ठुला योजनाहरुलाई सम्पन्न गर्ने काम भएको उनले उल्लेख गरे ।

सुशासन र पारदर्शिता कायम भएन भने विकासहरु दिगो हुदैन भन्ने आफुले ठोनेको उनले बताए । स्रोतहरुलाई दुरुपयोग हुन नदिएर यसलाई ठिक ढंगले उपयोग गर्ने नीति कायम गरिएको उनले जनाए । उनले, ‘भने, पालिकामा पर्यटनको गन्तब्यको रुपमा विकास गर्ने उदेश्य रहेको छ , जंगललाई समृद्धि ,रोजगारी आयसंग जोड्नको लागि सामुदायिक वनतिर पनि धेरै योजना बन्दैछन् ।’

कृषी क्षेत्रको विकासका लागि सिंचाइको व्यवस्था गर्ने तयारी भइरहको उनले बताए । स्वास्थ्यमा पनि नगरअस्पतालहरुको प्रारम्भीकको तयारीमा रहेको जनाए । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिलाई बढि महत्व दिएर यि विषयमा नै रहेर यसका योजनाहरु बनाएर अगाडि बढ्दै गरेको जनाकारी उनले गराए ।

नगरपालिकाले मात्रै नसकिने भएर कतिपय ठुला योजनाहरु रोकीएर बसेको उनले बताए । साथै नगरपालिकालाई भ्रष्टचाररहित ढंगले डोर्याउनु पर्छ भन्ने आफ्नो मानशय रहेको उनको भनाइ छ । संचारको सेवालाई चुस्त दुरुस्त ढंगले लानुपर्ने पनि उनले औंल्याए ।

आफ्नो ध्यान केवल सुशासन र पारदर्शितामा बढि गएको बताउँदै यसको जगमा उभिएर यात्रा अगाडि बढाए मात्रै आफुहरुले राखेको योजनाहरु पुरा हुनसक्छ भन्ने अठोट आफुमा रहेको बताए । कर्मचारी सरुवा हुने जाने स्तिति हुदा पनि पनि विकासमा असर पुगेको भन्दै उनले राम्रो जनशक्ति नै नभएको टिप्पणी गरे ।

लेटाङ नगरपालिकाकाको कतिय वस्तीमा विकासले छुन सकेको थिएन त्यहाँ अहिले केहि सहज भएको उल्लेख गरे । आगामी दिनमा पनि विकास नभएको गाउँ र वस्तीमा आफुरुको ध्यान केन्द्रित हुने उनले बताए । आउने दिनमा नगरपालिकालाई पर्यटनको गन्तब्यको रुपमा बनाउन लागेको जनाउँदै उनले ५ वर्षत्रिभत्र पुरा सबै कुराहरु पुरा गर्ने प्रयासमा आफु रहने विश्वास पनि दिलाए ।

तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ।  लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।

लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो ।धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्