सिन्धुपाल्चोकको पाँचकिलोमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, १७ भदौ। सिन्धुपाल्चोकको लामोसाँघु(जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी आज बिहान दुई बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना परि मृत्यु हुनेको खनासद हुन बाँकी छ । कसरी हुन गायो भन्ने विषयमा प्रहरीले अनुसन्धाान गरिरहको छ ।

प्रतिक्रिया दिनुहोस्