माओवादी रुपान्तरण अभियानः २५ लाख मतदातासँग प्रत्यक्ष संवाद र ८ लाख सदस्य बनाउने

काठमाडौं, भदौ १५ ।  ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियान भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर सो पार्टीले जनाएको छ ।

अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।

कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाउनेछ । त्यसरी खटिने नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ । साथै अभियानमार्फत पार्टी सदस्य आठ लाख पुर्‍याउने माओवादीको तयारी छ ।

अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ को घट्टेडाँडा पार्कमा जानेछन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा ललितपुर महानगरको २८ वडा, उपाध्यक्ष अग्नी सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगर २२मा खटिने छन् ।

यस्तो छ नेताहरूको जिम्मेवारी :

maoist-leaderm1m2m3

प्रतिक्रिया दिनुहोस्