धुलिखेललाई समृद्ध बनाउन संयुक्त राष्ट्रसंघको लक्ष्यअनुसार प्रतिवद्ध भएर काम गरेका छौंः प्रमुख अशोक कुमार व्यान्जु श्रेष्ठ
काठमाडौं । धुलिखेललाई समृद्ध बनाउन संयुक्त राष्ट्रसंघको लक्ष्यअनुसार प्रतिवद्ध भएर काम गरेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यान्जु श्रेष्ठले बताएका छन् ।
विकासका कुरामा उल्लेखनीय उपलब्धि हासील गरेको दाबि गर्दै उनले खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कृषि लगाएतमा क्रमश एउटा उत्कृष्ट शहरको रुपमा निमार्ण गर्ने हिसाबले कार्यसम्पदान गर्ने कार्य अगाडि बढीरहेको बताए ।
धुलिखेल नगरपालिका खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कृषि, गरिबि निवारणमा उत्कृष्ट शहरको रुपमा स्थापित भएको उनको भनाई छ ।
साक्षर शहर, खुल्ला दिशामुक्त शहर घोषणा गरीसकेको जनाउँदै बालमैत्रि शहरको रुपमा नगरपालिकालाई बनाइसकेको उनले उल्लेख गरे । यसको घोषणा गर्न केहि प्रक्रिया बाँकी भएको उनले बताए ।
अब नगरलाई प्रदुषण तथा छुवाछुत मुक्त शहर बनाउने योजनामा आफुहरु रहेको उनले बताए । भौतिकपुर्वाधार खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कृषि, बाटो निमार्णमा पनि उल्लेखीनिय उपलब्धि हासील गरको बताउँदै उनले भने , “ यसै कारणले गर्दा अहिले धुलिखेल नगरपालिका नेपालकै नगरपालिकाहरुको सुचिमा आधारित भइ कार्य सम्पदान गरेको नगरपालिकाको रुपमा स्थापित भएको छ ।”
साथै धुलिखेल नगरपालिकामा उत्कृष्ट ५ वटा डिजिटल सिस्टम अप्लाई भइसकेको र अब ट्याक्स प्रणाली डिजिटलको सिस्टममा जान तम्तयार अवस्थमा नगरपालिका रहेको उनले उल्लेख गरे । नगरपालिका भित्रका सबै डाटाहरुलाई व्यवस्थीत गर्ने गरि डिजिटल शहरको परारम्भ पनि गरेको उनले जिकिर गरे ।
९२ प्रतिशत जनताको घर घरमा शुद्धपानी पुगेको दाबि गर्दै उनले भने, “ साढे ७ हजार जनताको घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य रहकोमा हाल ६ हजार ६२ सय जनाको घरघरमा पानि पुगाएका छौं । यो आर्थिक वर्षमा खानेपानी सबैतिर पुग्छ । बक्ति पनि नपुगेको भन्ने छैन ।”
त्यस्तै बाटो निमार्णमा पनि पहिला भन्दा अहिले धेरै सुधार भएको उनले बताए । उनले भने, “ पहिला १२ किलोमिटर मात्रै पिच थियो म मेयर भएर आइसकेपछि अहिले ५३ किलोमिटर बाटो पिच भयो । यो वर्ष २० किलोमिटर पिच हुन्छ । मेरो आफ्नो दुई कार्यकालमा एकसय किलोमिटर नगरपालिकको आन्तिरिक पिच बनाउने उदेश्य प्राप्त गछौ । ४ सय ७० किलोमिटर नयाँबाटो तथा ढलहरु निमार्ण गरेकाछौ ।”
आफुहरुले मुख्य सडकदेखि वस्तीसम्मको बाटो बनाउने कार्यलाई शहरी सडक योजना तर्जुमा गरेर अगाडि बढेको उनले बताए ।शिक्षाको विषयमा बोल्दै प्रमुख श्रेष्ठले २४ वटा विद्यालय भवनहरु निमार्ण भएको र २ वटा निमार्णधिन अवस्थामा रहेको जानकारी गराए । नगरवासीलाई निशुल्क पढाउने व्यवस्था छ , ९ वटा विद्यालय डिजिटल छ , १०० प्रसेन्ट डिजिटलमा पुर्याउने उदेश्य छ ।
जिरो कार्वनको नितिनियम, फोहोर मैला व्यवस्थापन कार्य प्रारम्भ भएको बताउँदै उनले एक लाख विरुवा रोप्ने अभियान सुरु गरको बताए । ‘३० हजार विरुपा रोपीसक्यौ, यो वर्ष पनि ३० हजार रोप्छौ । क्रमश धुलिखेललाई हरियाली शहरको रुपमा लान्छौ । त्यो हरियाली पनि वनभित्र, सडकका किनारहरुमा , सार्वजनिकस्थलमा त्यसमा पनि फलफुलको विरुवा समेत रोपेर किसानहरुको आय आर्जन वृद्धि गर्ने । एउटा वडा एउटा कृषि उद्यम र उद्यमी शहरको रुपमा विकास गर्न भन्ने कुरा छ उनले , भने ।”
साथै विश्व स्वास्थ्य संगठनले धुलिखेल नगरपालिकालाइ दक्षिण एसियाकै स्वस्थ शहर बनाउने भन्ने उदेश्यले अहिले काम गरिरहको जनाए । यति मात्रै होइन स्वस्थ शहर घोषणा हुने बितिकै ६० वर्षका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा आइपर्ने समस्या सामाधान गर्ने गरी विश्व स्वास्थ्य संगठन र नगरपालिकाले कमा गर्ने उनले बताए ।
दलितहरुको स्वास्थ्य र आयआर्जनमा ठुलो परिवर्तन ल्याउने भनेर आफुले ठुलो परियोजनाको व्यस्थापन गरेको बताउँदै ठुलठुला उदेश्य नगरपालिकाले राखेको उल्लेख गरे । स्थानीय जनताको आवश्यकता अनुसारको आधारभुत आवश्यकता परिपुर्ति गर्ने उदेश्यले काम गरिरहेको बताए ।
५३ वटा पार्क निमार्ण गरेको जनाउँदै धुलिखेल पर्यटकीय, सांस्कृतिक शहर भएको टिप्ण्णी गरे । ५३ वटा पार्क निर्माण गरि पर्यटन लाई थप टेवा पुर्याएको उनले बताए । उनले भने, ‘पर्यटकीय हिसावले विकास भएको ठाउँ हो । ७५ वटा होटेल छ । नेपालकै राम्रो होटल यस नगरपालिकामा स्थापित भइराखेका छन् । ठुलो लागतमा खर्च गरेर ठुल ठुला होटेलहरु निमार्ण भइरहेको छ ।’
अन्तराष्ट्रिय क्षेत्रहरुबाट पनि यहाँ पर्यटकहरु आउने जाने गर्दछन् । ऐतिहासिक मठ मन्दिर पाटीपौवा यहाँ छन् । हामेस्टे पनि सुरु भएको छ । नगरको मध्यभाग भएर जाने २ वटा ठुला राजमार्ग (बिपी राजमार्ग र अरनिको राजमार्ग) का कारण यस नगर ब्यापारको केन्द्र विन्दु समेत बनेको उनले , भने ।’
घोषणापत्रमा उल्लेख गरे अनुसार आफुले आँशकि कामहरु गरिसकेको दाबि उनले गरे । । सबै एकैचोटि हुने होइन विस्तारै पुरा हुँदै जाने हो उनले भने ,सबै पुरा गरेकोछु , सबैको चित्त बुझाएको छु भनी दाबि गर्न सक्दीन । जे होस धेरै नागरिलाई खुशि बनाएको छु यसैले त जनताले मलाई जिताए मन जितेरै त होला नि ।
राजधानी देखि ३० किमी पुर्वमा रहेको यस धुलिखेल नगरपाको प्राय अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मिश्रित जनजातिले बसोबास गरेको यस नगरमा नेवार समूदायको बाहुल्यता भएको पाईन्छ । पहाडी भूभागले ओगटेता पनि यहाँ प्राय सबैजसो वडामा खानेपानी , बिजुली र सडकको सुविधा उपलब्ध छ ।
काठमाडौँ उपत्यकाको बढ्दो वायु प्रदुषणका कारण यस नगरपालिका क्षेत्र भित्र केहि वर्ष यतादेखि बसोबासको चाप बढ्न गएको पाईन्छ। धुलिखेल नगरपालिका सुरुदेखि नै पर्यटकीय नगरिको रुपमा विकास हुँदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्