सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं, भदौ , १५ । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ । शुक्रबार समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । अब संसदीय सुनुवाइबाट नाम अनुमोदन भएमा नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।

उनी गत वर्ष भदौमा पनि न्यायाधीश सिफारिस भएका थिए । तर प्रतिनिधिसभाको कार्यकाल सकिएकाले संसदीय सुनुवाई नभएपछि उनीसहित ३ जना न्यायाधीश सिफारिस भए पनि नियुक्त हुन पाएनन् ।

प्रतिक्रिया दिनुहोस्