नेता खानलाई धरौटीमा रिहा गर्न आदेश
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । इस्लामावाद उच्च अदालतले पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री हुँदा नेता खानले राष्ट्रलाई प्राप्त उपहार बेचेको लगायत मुद्दामा ‘ट्रायल कोर्ट’ले दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यससँगै उनी पाँच वर्षका लागि आमनिर्वाचनमा उमेदवार हुन नपाउने भएका थिए । मुख्यन्यायाधीश आमिर फारुक र न्यायाधीश तारिक महमूद जहाँ–गिरीको इजलासले इस्लामावादको ट्रायल कोर्टको निर्णय उल्ट्याएको हो ।
७० वर्षीय खानलाई अर्को मुद्दामा पुनः जेल पठाउने प्रपञ्च हुन सक्ने आशंका उनका वकिलहरूले गरेका छन् । विपक्षी दलका धेरैले नेता खानको पक्षमा फैसला नआउने विश्वास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्