आफ्नै कार्यकर्ता भएपनि छाड्दैनौं: प्रधानमन्त्री दाहाल

 

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै दलका नेता भए अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन् ।

‘मेरै दलभित्र पनि जजसको नाम आएको छ, प्रधानमन्त्री दाहाले भने, उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन । अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु, । पनि कुनै पनि प्रकरणमा प्रमाण पुगेमा कसैलाई पनि अनुहार हेरेर अनुसन्धान गर्नूपने होइन । प्रमाणलाई आधार मानेर अनुसन्धान गर्न कुनै वधाअड्चन गरेका छैनौ ।
सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ । प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए ।

कांग्रेका रुपान्तरण अभियानका ९ जना नेताले आज बिहान प्रधानमन्त्रीलाई भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्