१६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने, देशैभर खोप उत्पादन गर्ने

काठमाडौं, भदौ ८ ।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पछिल्लो समय देशभर फैलिएको पशुसम्बन्धी रोगलाई मध्यनजर गरेर सरकारले १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना बताएको बताएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा मन्त्री भुसालले यस्तो बताएका हुन् ।

“१६१ स्थानीय तहमा पशुरोग प्रयोगशाला स्थापनाका लागि आवश्यक रकम विनियोजन गरिएको छ । १६१ स्थानीय तहमा पशु चिकित्सक पठाउने योजना पनि बनाएको छ,” उनले भने, “देशैभरी खोप उत्पादन गर्ने योजना बनाएको छ । त्यसका लागि आवश्यक सिट भाइरस र प्रविधि छिमेकी मुलुकहरूबाट लिनुपर्ने भएकाले प्रक्रिया अगाडि बढाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्