गाउँमै पौरख गर्न सक्ने वातावरण बनाउने गरि काम गरेका छौः अध्यक्ष, लोकप्रसाद बन्जरा

काठमााडौं । गोरखाको भिमसेनथापा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन हर प्रयास गरिहेको अध्यक्ष लोक प्रसाद बन्जराले बताएका छन् ।

रेडियो आहाको आहा स्थानीय सरोकार कार्यक्रममा पत्रकार रन्जित धमलासँग कुरा गर्दै बन्जराले यस्तो बताएका हुन् । उनले पालिकाको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, साना तथा घेरलु उद्योग स्थापना गरि आत्मनिर्भर बनाई नमुना गाउँपालिका बनाउने प्रयत्नमा आफूहरु प्रयासरत रहेको उल्लेख गरे ।

गाउँपालिकामा सोचे जस्तै विकास अझै भइनसकेको बताउँदै उनले यसको प्रयासमा आफु प्रयत्नशिल अवस्थामा रहेको जनाए । थोरै बाटोमात्रै सोज्याउन आफु सफल भएको उनको भनाइ छ । पूर्वाधारको क्षेत्रमा केहि जटिलता रहेको बताउँदै उनले आफ्नै माटोमा आफ्नै पौरखले केहि गर्ने संस्कृतिको विकास तथा सुरुवात गर्नु नै आजको चुनौती रहेको औंल्याए ।

शिक्षाको सन्र्दभमा बोल्दै उनले भने, ठुलठूला विद्यायलका भवन भए तर पढ्ने विद्यार्थी भएनन् सबै विदेश पलाएन हुँदा कक्षा कोठा नै रितो देखिन थाले । यसका लागि उनले व्यवसायीक तथा सिपमुलुक खालको शिक्षा दिन आवश्यक रहेकोमा जोड दिए ।

यस्तै आफ्नो गाउँपालिकको कतिपय गाउँमा बाह्रै महिना चल्ने बाटो नभएको बताउँदै उनले भने, वडामा एम्बुलेन्स आउन जान समस्या छ, घरघरमा खानेपानी प्राय पुगेको छ, अझै एक घर एक धारा भएरमात्रै हुँदैन, एक घर एक स्वच्छ पानीको धारा चाहिन्छ । यस्ता धेरै कुराहरु छन जनताका आशा अपेक्षा पूरा गर्न पर्ने धेरै छन् । अहिले केहि राम्रा कामको सुरुवात गरेकाछौं ।
स्वास्थ्यमा जेष्ठ तथा अशक्त नागरिक घरदैलो कार्यक्रम, विपन्न वर्गको लागि बीमा कार्यक्रम ल्याएको बताए । त्यस्तै अनिवार्य बीमातीर जान खोजिरहेको उनको भनाइ छ ।

निःशुल्क दुर्घटना बिमा सबै नागरिकको गरिएको छ, स्वास्थ्य बीमा विपन्नहरुको लागि हामीले गरेकाछौं, बाँकीलाई गर्नका लागि अभिपे्ररित गरिएको छ । अभियान संचालनमा छ विभिन्न क्लिनिक तथा खोप कार्यक्रमहरुलाई पनि प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर अगाडि बढेकाछौ, उनले भने बाटो, बत्ति, पानीलाई बढि महत्व दिएको बताउँदै मोटरबाटो प्राय सबै टोलमा पुगेको दाबि गरे ।

उनले भने, वर्षाको समयमा भने सडक अवरुद्ध हुन्छ, भिमसेन थापा गाउँपालिकाको ३ वटा बाटोलाई लाइफ लाइन भनेकाछांै । अवरुद्ध बाटो खुलाउनका लागि जेसिबि र ट्याकटर व्यवस्था गरेर सहज बनाउनलाई प्राथमिकता दिएकाछौं ।

४ वटा वडामा विद्युतप्राधिकरणबाट विद्युतको काम भइरहेको जानकारी दिदै शवस्टेशनको काम पनि अन्तिमचरणमा पुगेको बताए । यो सम्पन्न भए बिजुलीको समस्या नहुने उल्लेख गरे । केहि ठूला खानेपानीका आयोजनाहरु पनि सम्पन्न हुने चरणमा रहेको जनाउँदै घरघरमा पानी पुगेको जिकिर गरे ।
अझै यसलाई स्तरकीकरण गर्ने सन्र्दभमा लागेको र अबको आवश्कता भने उत्पादन बृद्धि रहेको बताए । व्यवसायीक खालको उत्पादन बृद्धि गर्ने र मान्छेको आय–आर्जन बढाएर गाउँमै पौरख गर्न सक्ने वातावरण बनाउने पक्षमा आफुहरु रहेको जनाए ।

उनले भने, स्थानीय कच्चा पर्दामा आधारित उद्योग संचालन गर्ने भनेर शुरु गरेको तर स्थानीय कच्चा पदार्थमा भन्दा बाहिरबाट कच्चा पदार्थ ल्याएर गरिने उद्यमहरुमा बढि मान्छेको ध्यान गएको अनुभव भयो ।

अझै पनि आफुहरु स्थानीय कच्चा पर्दामा आधारित उद्योगलाई कसरी स्थापित र विस्तारित गर्न सकिन्छ भनेर लागि परेको बताए ।

८ वटै वडामा साना साना उद्यमहरु संचालन गरेको जनाउँदै यसको बजारीकरणको बारेमा पालिकास्तरमा एउटा हाटबजार संकलन केन्द्र र त्यसको प्रशोधन र बजारीकरण गर्ने सुरुवात गरेको बताए ।

कृषिमा उर्वर क्षेत्र हो तर युवा जनशक्ति बाहिर पलाएन हँुदा खेतबारी बाँझै भए । जोगाउने खालको स्तिथि मात्रै छ । नगदेबालीमा नजाँदा समस्या छ । एक वडा एक उत्पादन पकेट कार्यक्रम लागु गर्न खोजेका छौं । स्थानीय उत्पादनलाई कसरी बजारसम्म जोड्न सकिन्छ भन्नेमा जोड दिएकाछौं र यसका लागि अध्ययन पनि शुरु गरिसकेका छौ, उनले भने ।

यता कर्मचारी र जनप्रतिनिधिबीच निरन्तर छलफल तथा सहकार्य र अन्र्तक्रिया जस्ता कार्यक्रम हुने गरेको हँुदा त्यस्तो मतभेद नरहेको बताए । नियमित छलफल तथा बैठक गर्दै अगाडि बढ्दा समस्या नहुने बताउँदै सहिद र जनयुद्धलाई सम्झीदा भने कहिले काँही बाधा सिर्जना हुने गरेको उनको भनाइ छ । सेवा प्रवाहलाइ भने डिजिटलाईट गर्ने प्रयासमा रहेको जनाउँदै अब सबै काम सिस्टममा गर्ने अध्यक्ष बन्जराले बताए ।

हालै सार्वजनिक भएको एसइइ परिक्षाको नतिजामा भिमसेन गाउँपालिका गोरखा जिल्लाकै पहिलो बन्न सफलकोप्रति उनले खुशी व्यक्त गरे ।
पालिकाले श्रम बैंंक, भूमि बंैक स्थापना गरेको छ । घास उत्पादन गरेको छ ।
विद्यालयमा कम्युटर शिक्षा प्रणालीबाट अध्ययन/अध्यायपन गरिएको छ ।

सतप्रतिशत राजस्व उठान सफल भएको र करको दायरा वृद्धि गरेको पनि उनले बताए । पालिकाको सेवालाई चुस्तदुस्त बनाउन सेवालाई प्रविधिमैत्री र अनलाईन भुक्तानी प्रणालीको विकास गर्दै गएको बताए ।

पालको संबिधान ९२०७२० बमोजिम नेपाल सरकारले स्थानिय निकायहरुको पुनस्संरचना को लागि गठन गरेको उच्च स्तरिय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिबेदन नेपाल सरकारले परिमार्जन गरि २०७३ फागुन २७ गतेबाट स्थानिय तह लागु गर्ने निर्णय अनुसार नेपालको पहाडी भूभागमा अवस्थित गोरखा जिल्ला पश्चिमाअञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने गण्डकी अञ्चलको पहाडी जिल्ला गोरखा एक हो ।

गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिन महत्व बोकेको गोरखा जिल्लामा अबस्थित बोर्लांगको चण्डीथोक गाउँमा जन्मिनुभएको नेपालको प्रथम तथा सबै भन्दा लामो समय सम्म पदमा रहेका नेपालका मुख्तियार तथा रास्ट्रिय बिभुति भिमसेन थापाको नाम बाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । भौगोलिक बिबिधता पाखा, पखेरा, जंगल, खोल्सा ,खोल्सी ,खोंच र बेशी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यस जिल्ला को साबिकका गा बि स हरु मध्ये मसेल, तान्द्राङ्ग , अश्राङ्ग ,धावा ,बगुवा र बोर्लाङ्ग लाइ समायोजन गरी भिमसेनथापा गाउँपालिका गठन गरिएको हो ।

यस गाउँपालिकाको साबिकमा रहेको ६ ओटा गा।बि।स मध्य साबिक तान्द्राङ्ग गा।बि।सलाई विभाजन गरी हालको २ र ३ वडा बनाइएको छ र साबिक बोर्लाङ्ग गा।बि।स।लाई विभाजन गरी हालको ७ र ८ वडा बनाइएको छ । नवगठित स्थानीय तह भिमसेन थापा गाउँपालिका को क्षेत्रफल १०१।३५ वर्ग कि मि , जनसंख्या १६,९८६ ९ राष्ट्रिय जनगणना २०७८ को तथ्यांक० र वडा संख्या ८ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्