यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी (हेर्नुस् सूची)

काठमाडौं, भदौ ७ ।  ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ।

सीआईबीको प्रतिवेदनमा काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं ५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, भूमीसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक रुद्र कुमार श्रेष्ठलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

६ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने एक जना नख्खु जेलमा छन्। त्यस्तै १८ जना पक्राउ परेका छन् र बाँकी फरार रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्