प्रचण्ड र माधव मिलेर देशमा साम्प्रदायिक हिंसा भड्काउँदै छन् : ओली
काठमाडौँ , भदौ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार भक्तपुरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोशी प्रदेशमा दाहाल र अध्यक्ष नेपालले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाए ।
उनले कोशी प्रदेशमा आन्दोलन गर्नेहरूमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालका कार्यकर्ताहरू रहेको उल्लेख गरे । उनले द्वन्द्व भड्काउनका लागि दाहाल र नेपालले कार्यकर्ताहरू भिडाउने काम गरेको भन्दै नेकपा एमालेले द्वन्द्व मच्चिन नदिने बताए ।
अध्यक्ष ओलीले सरकारले सुन तस्करीमा आफै संलग्न रहेको प्रमाण सँगै ट्याक्सीमा भएका अभियुक्तलाई भगाएर प्रमाणित गरेको बताए । उनले सुन पक्राउ गर्ने क्रममा सँगै ट्याक्सीमा रहेका हर्कबहादुर राईलाई बोलाएको बेला हाजिर हुनु भनेर सुन जम्मा पारिएका स्थानबाट अन्य व्यक्तिहरूलाई भगाउन लागेको बताए ।
उनले सुन तस्करी प्रकरणलाई लुकाउन गिरिबन्धु टी स्टेटमा आफ्नो संलग्न हुँदै नभएको कुरालाई झिकेर जनतामा भ्रम छर्ने काम भइरहेको बताए ।
अध्यक्ष ओलीले अहिले नै उच्चस्तरीय आयोग गठन गरेर अनुसन्धान थाल्ने कुरामा सरकार तयार हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्